सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्ड गले या ओलीले जिते : नेकपामा सहमतिको संकेत, शीर्षनेता विलाए

प्रचण्ड गले या ओलीले जिते : नेकपामा सहमतिको संकेत, शीर्षनेता विलाए

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ५ २०७७

  • 4.9K
    SHARES

  • प्रचण्ड गले या ओलीले जिते : नेकपामा सहमतिको संकेत, शीर्षनेता विलाए

    काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद सल्ट्याउन गठित कार्यदलले सहमतिकाे संकेत गरेकाे छ ।

    शनिबारसम्म प्रतिवेदन बुझाउने भएको कार्यदलले विवाद समाधानको सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी गरेको हो ।

    महासचिव बिष्णु पौडेलको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरुका भीम रावल, जनार्दश शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भूसाललाई राखेर गत शुक्रबार गठित कार्यदलले शनिबारबाटै काम थालेको थियो ।

    कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पार्टीको काममा दाहाललाई हस्तक्षेप नगर्ने गरी सहमतिलाई अघि सारेको छ। पार्टीभित्रको विवाद समाधानका लागि महाधिवेशन नै उपयुक्त भएको निष्कर्ष समेत निकालेको छ।   

    स्रोतका अनुसार मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर, ओलीको एकलौटी चल्न नपाउने, पार्टी एकताको काम टुंगोमा पुर्‍याएर महाधिवेशनको तयारीमा जाने, राजनीतिक नियुक्तिमा पार्टीसँग सहमति हुनुपर्ने, असार १० गतेबाट जारी स्थायी कमिटीको बैठक राखेर सरकार र पार्टीको समीक्षा गर्नुपर्ने लगायतका कुरा राखेको छ ।

    यदि प्रतिवेदन अनुसार सहमति भयो भने यसअघि विवादका बेला प्रचण्डपक्षका नेताहरुको अनुपस्थिती मै विवाद साम्य भइसक्ने छ  

    कार्यदलप्रति दुवै अध्यक्ष सन्तुष्ट रहेका बेला पार्टीभित्रको विवाद समाधान गर्नका लागि तत्काल ओलीले दुवै पदबाट राजीनामा दिनु पर्दैन अध्यक्ष दाहालले बुधबार एक टेलिभिजनसँगको अन्तर्वातामा भनि पनि सकेका छन् ।

    यसरी प्रचण्ड र ओलीबीच सहमति हुन सक्ने स्थितीको संकेत पछिल्ला दिनमा आएको छ । यद्यपी अन्य शीर्षनेताहरु भने प्रचण्ड र ओलीको चालमा आशंकित रहेका छन् ।

    दाहाल तथा नेकपाका शिर्ष नेताहरु ओलीको राजनीतिक नियुक्तीले समेत असन्तुष्ट छन् । मन्त्रीपरिषद्ले  प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी र युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका नियुक्त गरेको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend