काठमाडौं- निर्वाचन आयोगमा नेकपा (एमाले) पार्टी दर्ता हुने भएको छ । पार्टी दर्ताका लागि आवश्यक सबै कागजातहरु पुरा भइसकेपछि एमाले दर्ताकाे निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।
विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरि गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको थियो ।
पार्टी दर्ताको आवेदन परेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यो पार्टी दर्ताको प्रकृया अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीको इशारामा भएको दावी गरेका थिए । त्यतिबेला विवाद बढेपछि पार्टी दर्ता हुन सकेको थिएन ।
अझै पनि नेकपाको विवाद समाधान भइसकेको छैन् । पार्टीको आन्तरिक विवाद समाधानका लागि विष्णु पौडेलको अध्यक्षतामा एक कार्यदल गठन गरेको छ । सो कार्यदलले छलफल गरिरहेको बेला आयोगले एमाले पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।
एमाले दर्ता प्रकरण नेकपामा हंगामा मच्चिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।