सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपामा पहिराे, वडाअध्यक्षका उम्मेदवारलगायत दर्जनाैं कांग्रेस प्रवेश

नेकपामा पहिराे, वडाअध्यक्षका उम्मेदवारलगायत दर्जनाैं कांग्रेस प्रवेश

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०७७

  • 14.5K
    SHARES

  • नेकपामा पहिराे, वडाअध्यक्षका उम्मेदवारलगायत  दर्जनाैं कांग्रेस प्रवेश

    ओखलढुंगा - ओखलढुंगा खिजिदेम्बा गाउँपालिका वडा नम्बर २ मा विभिन्न पार्टी परित्याग गरेर ६५ जना नेपाली काँग्रेस प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई एक कार्यक्रम गर्दै पार्टी प्रवेश गराइएको हो ।

    पूर्वनेकपा माओवादीका वडा सदस्य उमेद्वार मान मछमी तामाङ नेकपा संगठन सदस्य वीर बहादुर तामाङ, पुर्व नेकपा एमालका संगठन सदस्यहरु कृष्ण बहादुर खड्का, पुर्ण बहादुर भुजेल, भिम भुजेल, बालकुमारी खड्का, दिपक नेपाल, सुबास सिंह सुनुवार, बिकाश परियार, अम्बर बहादुर तामाङ,वीर मान तामाङ लगायत६५ जना स्थानीय नेता तथा कार्यकर्ता हरुले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा  प्रवेश गरेका हुन्।

    कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस ओखलढुंगाका क्षेत्रीय सदस्य सुरेन्द्र शंकर घिमिरे, अतिथिहरु मीन बहादुर कोइराला वडा सभापति नेत्र बहादुर रोक्का, नेपाल तरुण दल खिजिदेम्बा सभापति रबिन रोक्का, युवा नेता बेद प्रसाद घिमिरेले संयुुक्तरुपमा स्वागत गरेका थिए।

    congressss.jpg
     कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपाका वडा सदस्यका प्रत्यासी मान मछमी तामाङले भने हामिले यो सरकारबाट धेरै आशा गरेका थियौं, तर यहाँ भ्रष्टाचार र अनियमितता बाहेक यो २ तिहाइको नेकपा सरकारले जनतालाइ केहि दिन नसकेपछी नेपाली कांग्रेस प्रवेश गरेका छौ ।

    कार्यक्रममा बोल्दै सुरेन्द्र शंकर घिमिरेले निरंकुश कम्युनिस्ट शासन बिरुद्ध लड्न सधैं एकसाथ रहने बताए।नवप्रवेशिहरुलाइ पार्टिमा नयाँ पुरानोमा हुने भेदभावको आभास हुन नदिने प्रतिबद्धता व्यक्त गरे। 

    congresssss.jpgकार्यक्रमका अर्का वक्ता युवा नेता बेद प्रसाद रोक्काले समाजलाई एकीकृत गरेर अब समाजको बिकासका लागी फुटेर हैन जुटेर अगाडी बढ्नु पर्ने बताए।

    उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेपाली कांग्रेसका प्रभाबशाली नेता तथा पुर्व सांसद रामहरि खतिवडालाई निमन्त्रणा गरिएको थियो।

    खतिवडाले प्रतिकुल मौसम र कोभिड(१९) को महामारीका कारण आफु कार्यक्रममा उपस्थित हुन नसकेकाले सामाजिक संजाल फेसबुक मार्फत क्षमायाचना तथा शुभेच्छा व्यक्त गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend