सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपा बैठकमा बामदेव आगो, ओलीलाई दिए कडा जवाफ

नेकपा बैठकमा बामदेव आगो, ओलीलाई दिए कडा जवाफ

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०७७

  • 20.9K
    SHARES

  • नेकपा बैठकमा बामदेव आगो, ओलीलाई दिए कडा जवाफ

    काठमाडौं- सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकमा नेकपाका नेता बामदेव गौतमले विारेध जनाएका छन् ।

    नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ‘सहमति’पछि  बैठक बसेको थियो ।

    बैठक सुरु हुनासाथ अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बैठक चलाउन आग्रह गरेका थिए । प्रचण्डले पार्टीमा देखिएको संकट समाधानका लागि अध्यक्षहरुलाई सहयोग गर्न कार्यदल बनाएको र त्यसका आधारमा आफूहरुले प्रस्ताव ल्याउन सक्ने बताएका थिए ।

    तर, त्यतिकैमा बामदेव गौतमले कार्यदलको विरोध गर्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिने हो भन्दै कडा जवाफ दिएको स्रोतले जनाएको छ ।

    बैठकमा नेकपाका वरिष्ठ नेता गौतमले, कार्यदल सचिवालयभन्दा पनि माथि हो ? सचिवालयले निकास दिन नसकेर स्थायी कमिटीका सदस्यहरुको कार्यदल बनाएको हो ? अध्यक्षद्वयले राजीनामा दिने हो ? भन्दै प्रश्न गरेका थिए । 

    आजको बैठकले  कार्यदल गठन गर्ने अध्यक्षद्वयको निर्णयलाई अनुमोदन गरेको छ । ओली र प्रचण्डले पार्टीको विवाद समाधानको खाका बनाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend