सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मन्त्रिमण्डल पुनर्गठन हुने कुरै छैन् : नेकपा प्रवक्ता

मन्त्रिमण्डल पुनर्गठन हुने कुरै छैन् : नेकपा प्रवक्ता

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०७७

  • 6.8K
    SHARES

  • मन्त्रिमण्डल पुनर्गठन हुने कुरै छैन् : नेकपा प्रवक्ता

    काठमाडौं- आज बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे कुनै कुरा नभएको  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।  

    बालुवाटारमा भएको नेकपा सचिवालय बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन र प्रदेशका मुख्यमन्त्री हेरफेरको विषय पार्टीको कार्यसूचीमै नभएको बताएका हुन्।

    ‘तपाईंहरूले भन्‍नुभएको कुरा मलाई त थाहा छैन’, प्रवक्ता श्रेष्ठले भने, ‘कार्यदलको रिपोर्ट आएपछि मात्रै अन्य विषयमा छलफल हुन्छ। पहिला वैचारिक र नीतिगत सहमति गरेर त्यस अन्तर्गतका विषयमा निष्कर्ष निकाल्छौँ। हाम्रो पार्टीमा मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री फेरबदलका विषय अहिले छलफलमा छैनन्।’ 

    पार्टीभित्रको विवाद मिलाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन तयारी गरिरहेका छन्। उनले असन्तुष्ट वरिष्ठ नेता माधव नेपाल समूहका केही नेतालाई मन्त्री बनाउन पनि छलफल गर्दैछन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend