काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक एक महिनापछि आज (सोमबार) बसेको छ। साउन ३ पछि आज सचिवालय बैठक बसेको हो ।
बालुवाटारमा ९: ३० बजे सुरू हुने भनिएको बैठक १० बजे सुरू भएको नेकपा स्रोतले जनाएको छ। पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदल अनुमोदन गर्न सचिवालय बैठक बोलाइएको हो।
प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सोमबार बिहान ट्विट गर्दै साउन ४ देखि हुन नसकेको पार्टी सचिवालयको बैठक आज ९: ३० बजे बालुवाटारमा हुने तय भएको जानकारी दिएका छन्।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा नेकपा विवाद समाधानका लागि प्याकेज सहमति गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदल अनुमोदन मुख्य एजेण्डा भएपनि अन्य समसामयिक विषयमा समेत छलफल हुने नेकपा स्रोतले बतायो ।
सहमति जुट्न नसक्दा असार १० गते शुरू भएको नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।
सहमति खोज्न गठित कार्यदलले शनिवारदेखि नै आफ्नो काम शुरू गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।