सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सचिवालय बैठक सोमबार

सचिवालय बैठक सोमबार

  • मिडिया डबली
  • आइतवार, श्रावण ३२ २०७७

  • 9.6K
    SHARES

  • सचिवालय बैठक सोमबार

    काठमाडौं- आज (आइतबार) बस्ने भनिएको नेकपाको विवाद समाधानको लागि गठन भएको कार्यदल अनुमोदन गराउन नेकपाको सचिवालय बैठक सोमबार बोलाइएको छ। 

    सचिवालय सदस्यहरुलाई बैठक सोमबार बिहान साढे नौ बजे बस्ने सूचना गरिएको छ । कार्यदल गठन र त्यसले पाएको कार्यादेश अनुमोदनका लागि सचिवायल बैठक डाकिएको हो । 

     नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्रीको राजिनामा माग भएपछि चुलिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । 

    प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको सहमतीमा मात्र कार्यँदल बनेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतले असुन्तुष्टि जनाएका थिए । शनिबार प्रचण्डलाई भेटर नेताहरुले असन्तुष्टि जनाएका हुन् । 

    यसअघि साउनको ३ गते नेकपाको सचिवालयको बैठक बसेको थियो। सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend