सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओली-प्रचण्डकाे कार्यदलमाथि प्रवक्ता श्रेष्ठले दिए सार्वजनिक अभिव्यक्ति

ओली-प्रचण्डकाे कार्यदलमाथि प्रवक्ता श्रेष्ठले दिए सार्वजनिक अभिव्यक्ति

  • मिडिया डबली
  • आइतवार, श्रावण ३२ २०७७

  • 6.8K
    SHARES

  • ओली-प्रचण्डकाे कार्यदलमाथि प्रवक्ता श्रेष्ठले दिए सार्वजनिक अभिव्यक्ति

    काठमाडौं- गत शुक्रबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठनकाे गरेकाे कार्यदलका विषयमा पार्टी प्रवक्त नारायणकाजी श्रेष्ठले सार्वजनिकरूपमा अभिव्यक्ति दिएका छन् ।

    पार्टीभित्रको विवाद अन्त्यका लागि विष्णु पौडेल, शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसालको ६ सदस्यीय कार्यदलबारे भ्रामक प्रचार गर्नु  गलत रहेको पार्टी प्रवक्त श्रेष्ठले बताएका हुन् ।

    उनले 'पार्टीका २ अध्यक्षहरुद्वारा पार्टी भित्रका समस्याहरुको समाधान र सँकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ ।यसले यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको ।' बताएका छन् ।

    कार्यदललाई आइतबार बस्न लागेको पार्टीको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गर्ने तयारी गरेको छ । 

    प्रवक्त नारायणकाजी श्रेष्ठले फेसबुकमा यस्ताे लेखेका छन् :

    "हाम्रो पार्टीका २ अध्यक्षहरुद्वारा पार्टी भित्रका समस्याहरुको समाधान र सँकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ ।यसले यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ।‬

    ‪मैले यस अघि नै सार्बजनिक रुपमा पार्टी सँकटको निकास को सुत्र प्रस्तुत गरिसकेको हुँ, पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र के क को निर्णय अनुसार महाधिवेशनको तयारी । पार्टी एकताको रक्षा ले हामी सबैलाई खुसी बनाएको छ ।‬
    ‪ कार्यदलले तात्कालिन रुपमा कोभिड-१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततस् राष्टृय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक-आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ । ‬

    ‪यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी सँस्थागत निर्णय गरिनेछ।‬‪यस स्थितिमा कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत हो।‬

    तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टी भित्र केही बिषयमा कुनै छलफल ,बहस र सँघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन ।बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ ।"

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend