काठमाडौं- प्रधानमन्त्री केपी ओलीविरुद्ध अफवाह फैलाएको भन्दै विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय आजीवन सदस्य सुनिल शर्मा पक्राउ भएका छन् ।
फेसबुकमा, ‘प्रधानमन्त्री केपी ओलीको हत्या गर्न भारतीय सार्फसुटर नेपाल प्रवेश गरेका छन्, सुरक्षा निकायको ध्यान जाओस्’ भन्दै पोष्ट गरेका कारण उनलाई पक्राउ गरिएको हो ।
दैनिक भारत र उफ्ता भारत नामक सञ्चारमाध्यमको नेपाल व्युरो प्रमुख समेत रहेको बताउँने शर्मालाई काठमाडौं प्रहरी परिसरले बूढानीलकण्ठबाट बिहीबार पक्राउ गरेको हो।
विराटनगर घर भएका शर्मा काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।