सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपाल आउने नाका बन्द, यी स्थल नाकाबाट मात्रै प्रवेश दिइने

नेपाल आउने नाका बन्द, यी स्थल नाकाबाट मात्रै प्रवेश दिइने

  • मिडिया डबली
  • मंगलवार, श्रावण २७ २०७७

  • 5.2K
    SHARES

  • नेपाल आउने नाका बन्द, यी स्थल नाकाबाट मात्रै प्रवेश दिइने

    काठमाडौं- सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ।

    कोभिड १९ संक्रमणको अवस्था बढेको भन्दै सोमबारको मन्त्रिपरिषद्को बैठकले विभिन्न १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको हो। 

    सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद्का निर्णय सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे बताएका हुन्।  

    मन्त्री खतिवडाले झपाको काँकडभिट्टा, मोरङको रानी, सिराहाको माडर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेहलिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीबाट मात्रै नेपाल प्रवेश गर्न पाइने निर्णय भएको बताए।  

    यस्तै भदौ ३१ गते मध्यरात सम्मका लागि नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दुमा आवागमन स्थगित गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ। 

    तर मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय अनुसार स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीलाई प्रवेशमा सहजीकरण गर्नेसम्बन्धी आदेश २०७७ बमोजिम स्थलमार्गबाट तोकिएको नाकाबाट आउन र मालसामान ढुवानी गर्ने मालबाहक साधनलाई आउन दिने निर्णय गरेकाे छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend