सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपाल र खनालको पञ्जा बलियो बन्दै, नेकपा नयाँ मोडमा पुग्ने संकेत

नेपाल र खनालको पञ्जा बलियो बन्दै, नेकपा नयाँ मोडमा पुग्ने संकेत

  • मिडिया डबली
  • सोमवार, श्रावण २६ २०७७

  • 88.6K
    SHARES

  • नेपाल र खनालको पञ्जा बलियो बन्दै, नेकपा नयाँ मोडमा पुग्ने संकेत

    काठमाडौं-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद कायम नै छ, यतिबेला अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल र वार्ता समेत नहुँदा विवाद के कसरी टुगिंने हो भन्ने ठेगान नै छैन् ।

    कोरोना संक्रमणको जोखिम बढेको भन्दै भेटघाट तथा छलफल अध्यक्षद्व ओली र प्रचण्डले भेटघाट स्थगित गरेका छन्।  दुई अध्यक्ष निश्क्रिय रहेका बेला  वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने सक्रिय बन्दै गइरहेका छन् ।

    दुई वरिष्ठ नेताहरले भने आन्तरिक भेटघाटलाई तीव्र बनाएका हुन् ।  नेता खनाल र नेपालले आफू निकटका नेताहरुलाई बोलाएर आन्तरिक छलफलमा जुटेका हुन्। सोमबार वरिष्ठ नेता नेपालले आफू निकटका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् भने नेता खनालले केही स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका छन्। 

    नेपालसँग स्थायी कमिटी सदस्य गोकर्ण विष्टसहित केन्द्रीय कमिटी सदस्यहरू ठाकुर गैरे,  विजय पौडेल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, राजेन्द्र राई, दिलु पन्त, यज्ञराज सुनुवारलगायत कोटेश्वर पुगेका थिए।

    नेता नेपालले केन्द्रीय कमिटीको सामना गर्नुको विकल्प ओलीसँग नरहेको बताएका छन्। उनले  पार्टीलाई विधिमा फर्काउनका लागि केन्द्रीय कमिटी बैठकको विकल्प नभएको बताएका छन् । ओलीलाई बैठकमा जसरी पनि सहभागी गराउने उनको भनाइ छ ।

    त्यस्तै भेटवार्तामा खनालले पार्टीलाई विभाजनबाट जोगाउँदै विधिमा चल्नुपर्ने धारणा उपस्थित स्थायी कमिटी बताएका छन् । पार्टी तथा सरकार सञ्चालनमा अध्यक्ष ओलीको व्यक्तिवादी चरित्र मौलाउँदै गएकाले त्यसलाई अन्त्य गर्नुपर्ने धारणा उनले राखेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend