बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेकपा नेताको पत्नीलाई बम्फ़र उपहार, कोटेश्वरमा खुसियाली

नेकपा नेताको पत्नीलाई बम्फ़र उपहार, कोटेश्वरमा खुसियाली

  • मिडिया डबली डेक्स
  • सोमवार, श्रावण २६ २०७७

  • 196.2K
    SHARES

  • नेकपा नेताको पत्नीलाई बम्फ़र उपहार, कोटेश्वरमा खुसियाली

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) नेकपाका स्थायी समिति सदस्य मणि थापाले आफ्नी पत्नीलाई डेढ लाख रुपियाँ तलव, भत्ता हुने गरेर सरकारी नियुक्ति दिलाएका छन् ।

    पत्नीलाई सरकारी नियुक्ति खुवाएका थापाले काठमाडौंको कोटेश्वरमा तीन तलाको घर उठाइसकेका छन् । घर धमाधम बनाइरहेका थापाले पैसा कहाँबाट ल्याएका हुन् केही भनेका छैनन् । थापाको स्थायी घर प्यूठान जिल्लामा पर्छ ।

    माओवादी पृष्ठिभूमि भएका थापा नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्थे । तर, पत्नी रञ्जना श्रेष्ठलाई सरकारी नियुक्त खुवाउन थापाले दाहालको गुट परित्याग गरेको स्रोतले जनाएको छ । थापाले पत्नी श्रेष्ठलाई चैत–वैशाखतिर नियुक्ति दिलाएका हुन् ।

    ओली गुटमा प्रवेश गरेर स्थायी समिति सदस्य थापाले पत्नी श्रेष्ठलाई सरकारी नियुक्ति गराएका हुन् । उनकी पत्नी श्रेष्ठ प्रधानमन्त्री अध्यक्ष रहने विपत् ब्यवस्थापन समितिको विज्ञका रुपमा नियुक्त भएकी छिन् । उनको मासिक तलव, भत्ता डेढ लाख रुपियाँ हुन्छ ।

    केही दिन अगाडि ओलीको पक्षमा अभिव्यक्ति दिँदै थापाले नेकपाको एकता र विधानले माधव नेपाल र झलनाथ खनाललाई चिन्दैन भनेर विवादास्पद कुरा गरेका थिए ।

    पत्नीलाई जागिर खुवाउनकै लागि खुमलटार परित्याग गरेर थापाले बालुवाटार रोजेपछि दोस्रो वरीयताका अध्यक्ष दाहाललाई तनाब भएको छ । दाहालको फेरो समातेर स्थायी समितिमा पुगेका थापाले अन्तिममा आएर पत्नीका लागि गुट परित्याग गरेका छन् ।

    नेकपाका स्थायी समिति सदस्य थापाले काठमाडौंको कोटेश्वरमा भव्य घर बनाउँदै छन् । कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केट नजिकै नेता थापाले भव्य घर बनाइरहेका हुन् ।

    माओवादी आन्दोलनमा लागेका कम्युनिस्ट नेता थापासँग कोटेश्वरमा जग्गा किन्ने र घर बनाउने हैसियतमा कसरी पुगे रहस्य बनेको छ । उनलाई घडेरी र घर बनाउने पैसा कहाँबाट आयो रु भनेर उनकै पार्टीका कार्यकर्ताहरूले प्रश्न गरेका छन् ।

    थापाको जग्गा रहेको आसपासमा अहिले पनि आनाको न्यूनतम पचास लाख रुपियाँ मूल्य पर्छ । यस्तो महँगो स्थानमा थापाले कसरी जग्गा किने खोजनविन भएको छ ।

    सो स्थानमा नेकपाका स्थायी समिति सदस्य थापाले तीन तला घर उठाइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २६ २०७७०२:०४:१९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend