कालिकोट- बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कालिकोटका एक वडाध्यक्ष जेल चलान भएका छन्।
खाँडाचक्र नगरपालिका ६ मा तत्कालीन नेकपा एमाले (हाल नेकपा)बाट निर्वाचित वडाध्यक्ष जगदीश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन्।
५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले पुर्पक्षमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएपछि उनी कालिकोट जिल्ला कारागार चलान भएका छन्।
प्रहरीका अनुसार बाख्रा चराउन गएको बेला वडाध्यक्ष शाहीले ती किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा उनीविरुद्ध परिवारका सदस्यले जाहेरी दिएका थिए।
शाहीलाई प्रहरीले असार ३१ गते पक्राउ गरी जबरजस्ती करणी तथा हाड नाता करणी अन्तर्गत अदालतमा म्याद थप गरेर अनुसन्धान शुरु गरेको थियो।
शाहीले १६ वर्षीया किशोरीलाई १३ वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। ‘
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।