जुम्ला- जिल्ला प्रहरी कार्यालय जुम्लाले १५ वर्षीय किशोरीसहित नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले तिला गाउँपालिका–७ जुम्ला घोडेसिन गाउँबाट शनिबार बेलुका उनीहरूलाई पक्राउ गरेको हो ।
घोडेसिन गाउँमा चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
पक्राउ पर्नेमा हिमा गाउँपालिकाका–७ जुम्ला पातरखोलाका १५ वर्षीया सपना बुढा, सोही वडाका २९ वर्षीय नन्दबहादुर तिरुवा र सोरु गाउँपालिका–६ मुगु निवासी २९ वर्षीय रक्षक भनिने राजबहादुर भाम रहेका छन् ।
किशोरी सपनाको मुद्दा प्रक्रिया विषयमा अधिवक्ताको सल्लाह लिएर अनुसन्धान कार्य अगाडि बढाइने प्रनाउ धामीले बताए । उनका अनुसार चन्दा सङ्कलनको रसिदलगायतका कागजातसहित उनीहरुलाई समातिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।