काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माइली बुहारीले प्रधानमन्त्री खड्गप्रसाद ओलीप्रति अपमानजनक शब्द बोलेकी छिन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई दाहालकी बुहारी सिर्जना त्रिपाठीले ‘लाजको पसारो’ भनेर अपमान हुने शब्दावली प्रयोग गरेकी हुन् ।
आइतबार बिहान त्रिपाठीले फेसबुकमा ओलीद्वारा माडी नगरपालिकका जनप्रतिनिधिहरूसँग गरिएको कुराकानीको तस्वीर र घर जलेको तस्वीर राखेकी छिन् ।
तस्वीरसँगै दाहालकी बुहारी त्रिपाठीले लेखेकी छिन्, ‘सत्ता र शक्तिको उन्मादले अन्धो बनाएको एक दृष्य । लाजको पसारो ।’
त्रिपाठीको यो हर्कतले नेकपाभित्र तरंग उत्पन्न गरिदिएको छ । नेकपाभित्र दाहालले ओलीको राजीनामा माग गरेर उत्पात मच्चाइरहेका बेला जेठी बुहारी त्रिपाठीले समेत ओलीप्रति घृणा र वितृष्णा मच्चाउने गरेर तस्वीर र स्टाटस लेखेकी छिन् ।
त्रिपाठी स्व.साकार दाहालकी माइली पत्नी हुन् । जेठी पत्नीसँग सम्बन्ध विच्छेद गरेपछि साकार दाहालले कास्कीकी त्रिपाठीसँग विवाह गरेका थिए । त्रिपाठी हुँदा हुँदै साकार दाहालले तेस्रो पत्नी बिना मगरलाई विवाह गरेका थिए ।
बिना मगर ओली नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ मन्त्रीका रुपमा छिन् । दवाव र आलाेचना भएपछि प्रचण्डकी बुहारीले स्टाटस फेसबुकबाट हटाएकी छिन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।