सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना भाइरसको संंक्रमण बढ्दै गएपछि १८ जिल्लामा निषेधाज्ञा

कोरोना भाइरसको संंक्रमण बढ्दै गएपछि १८ जिल्लामा निषेधाज्ञा

  • मिडिया डबली
  • आइतवार, श्रावण २५ २०७७

  • 8.1K
    SHARES

  • कोरोना भाइरसको संंक्रमण बढ्दै गएपछि १८ जिल्लामा निषेधाज्ञा

    काठमाडौं- बिश्वभरि फैलिएको कोरोना भाइरसको संंक्रमण बढ्दै गएपछि त्यसको रोकथामका लागि भन्दै स्थानीय प्रशासनले १८ जिल्लामा निषेधाज्ञा लगाएको छ ।

    नौ जिल्लामा जिल्लाभरि नै निषेधाज्ञा लागू गरिएको छ भने बाँकी नौ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जानकारी दिएको छ  ।

    बारा, पर्सा, नुवाकोट, सप्तरी, बाँके, सुनसरी, सर्लाही, स्याङ्जा र बर्दियामा जिल्लाभरि नै निषेधाज्ञा लगाइएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

    उनका अनुसार धनुषा, महोत्तरी, सिराहा, जुम्ला, बझाङ, मोरङ, दार्चुला, झापा र कञ्चनपुरमा आंशिक रूपमा निषेधाज्ञा लगाइएको छ । कतिपय जिल्लामा स्थानीय प्रशासनभन्दा स्थानीय तहले लकडाउन गरेका छन् ।

    काठमाडौं उपत्यकामा पनि निषेधाज्ञामार्फत आवातजावतमा रोक लगाउने तयारी भएको छ । दिनहुँ संक्रमितको संख्या बढिराखेको तर भीड कम नभएकाले केहि दिन विचार गर्ने नभए निषेधाज्ञा लगाउने तयारी भएको स्रोतले जनाएको छ ।

    लकडाउन खुलाएपछि सरकारले संक्रमण फैलिएका क्षेत्रमा निषेधाज्ञा तथा कफ्र्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सोहीअनुसार धेरै संक्रमित भएका जिल्लाहरूले निषेधाज्ञा लगाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend