सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गाउँ-गाउँ पुगेर निःशुल्क उपचार गरिरहेका डा. केसीलाई सरकारले लगायो रोक

गाउँ-गाउँ पुगेर निःशुल्क उपचार गरिरहेका डा. केसीलाई सरकारले लगायो रोक

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २३ २०७७

  • 12.3K
    SHARES

  • गाउँ-गाउँ पुगेर निःशुल्क उपचार गरिरहेका डा. केसीलाई  सरकारले लगायो रोक

    कर्णाली- विकट हिमाली जिल्लामा पुगेर हाडजोर्नीका बिरामीलाई नि:शुल्क सेवा दिँइरहेका डा. गोविन्द केसीलाई स्थानिय सरकारले राेक लगाएकाे छ । डोल्पाको जगदुल्ला गाउँपालिकाले डा केसीलाई निःशुल्क उपचार गर्न रोक लगाएको हो ।

    जुम्लाको खलंगाबाट २ दिन पैदल हिँडेर १३ साउनमा डोल्पा पुगेका केसीलाई जगदुल्ला गाउँपालिका–६, रिमीमा रोक लगाएको थियो । गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिले निःशुल्क सेवा दिन अवरोध गरेका हुन् ।

    त्यसपछि डा केसी मुगु गएका छन् । उनले मुगु जिल्ला अस्पताल ठिनी पुगेर बिहीबारदेखि बिरामीको निःशुल्क स्वास्थ्य जाँच गर्न थालेका छन् ।

    सुदूरपश्चिमका डडेल्धुरा, बझाङ, बाजुरा, बैतडी, दार्चुला, अछाम, कर्णालीका कालीकोट, हुम्ला, जुम्ला र मुगुमा हिँडेर नै हाडजोर्नीका बिरामीलाई डा केसीले निःशुल्क सेवा दिँदै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend