काठमाडौं - कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै काठमाडौं उपत्यका दुई साताका लागि सटडाउन गर्ने भएको छ ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि दुई साताका लागि सटडाउन गर्ने भएको हो ।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस अवधिमा जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक कुनै पनि सेवा दिइने छैन ।
काठमाडौँ उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका कामहरु सम्भव भएसम्म नियन्त्रित गर्ने गरिने भएको छ ।
काठमाडौँमा संक्रमण बढ्दै गए र आवागमन तथा हिँडडुलमा नियन्त्रण नभए उपत्यकाको स्थानीय प्रशासनले निषेधाज्ञासम्मको तयारी गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।