आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको विशेष

फेरी उपत्यकामा जोरविजोर प्रणाली लागु हुँदै, स्वास्थ्य मन्त्रालयले गर्यो प्रस्ताव

फेरी उपत्यकामा जोरविजोर प्रणाली लागु हुँदै, स्वास्थ्य मन्त्रालयले गर्यो प्रस्ताव

  • मिडिया डबली
  • सोमवार, श्रावण १९ २०७७

  • 6.8K
    SHARES

  • फेरी उपत्यकामा जोरविजोर प्रणाली लागु हुँदै, स्वास्थ्य मन्त्रालयले गर्यो प्रस्ताव
    फाइल तस्वीर

    काठमाडौँ- काठमाडौं उपत्यकामा पुनः जोरविजोर प्रणाली लागु हुने भएको छ।

    कोरोना भाइरसको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको हो ।

    मन्त्रालयको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा विचाराधीन छ। सीसीएमसीले निर्णय गरेपछि मात्रै मन्त्रालयको प्रस्ताव कार्यान्वयनमा आउनेछ।

    सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो ।

    साथै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ । तर लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend