काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने विषयमा आज विचार माझ्ने गरी छलफल भएको छ ।
उनीहरुबीच केही दिनयता संवाद नभएको स्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहित सघन छलफल भएको हो । स्थायी कमिटीको बैठक पटकपटक स्थगन भएको र नियमित कार्यसूचीमा छलफल हुन नसकेका कारण पार्टीमा विवाद बढेको छ ।
भेटमा सहभागी नेता नेम्वाङका अनुसार संवादहीनता फुकेर अध्यक्षद्वयबीच स–सानादेखि हाल सतहमा आएका सबै विषयमा छलफल भएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले भने, “स्थिति सकारात्मक छ । सबै कोणबाट छलफल जारी रहेकाले टुङ्गोमा नपुगी केही भन्न सकिन्न । सोमबार पुनः बसेर थप छलफल हुने कुरा छ । दुई अध्यक्ष बसेर सहमति गर्नुको विकल्प छैन ।”
छलफलका क्रममा ओलीले ‘मेरो गोरुको बाह्रै टक्का भनेर सहमति हुँदैन । त्यसैले विधि र प्रकृयाबाटै म छोड्छु । त्यसका लागि अर्ली महाधिवेशन तपाईंहरुलाई स्वीकार्य छैन भने केन्द्रीय समितिले तोकेकै मिति (चैतमा) मा महाधिवेशन गरौँ’, भनेका थिए । यसबाट ओलि चाँडै महाधिवेसन गर्ने निर्णयबाट पछि हटेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।