सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीसामु झुके दाहाल, साथी लिएर पुगे बालुवाटार

ओलीसामु झुके दाहाल, साथी लिएर पुगे बालुवाटार

  • मिडिया डबली
  • आइतवार, श्रावण १८ २०७७

  • 7.4K
    SHARES

  • ओलीसामु झुके दाहाल, साथी लिएर पुगे बालुवाटार
    प्रचण्ड र ओली

    काठमाडौं -  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालबीच सम्वाद हुन नसकीरहेका बेला वरिष्ठ नेता झलनाथ खनाललाई साँक्षी राखेर भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीको सकारी निवास बालुवाटारमा आइतबार ओली र दाहाल तथा खनालबीच कुराकानी भएको हो । कुराकानीका क्रममा नेकपाभित्रको विवाद समाधानका विषयमा परामर्श भएको छ ।

    सहमति भयो वा भएन ? केही भनिएको छैन । ओलीले दाहालको प्रस्तावलाई यसअघि अस्वीकार गरिदिएपछि उनीहरूका बीच झण्डै दुई हप्तासम्म बोलचालकै अवस्था थिएन ।

    दोस्रो वरीयताका अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिन दवाव सिर्जना गरेका थिए ।

    त्यो दवावपछि ओली रिसाएपछि नेकपाभित्र ठूलो मतभेद भएको थियो । नेकपाको त्यो मतभेदलाई अन्त्य गर्ने प्रयासहरू बेलाबेला भएपनि सहमति हुन सकेको छैन । आइतबारको कुराकानीले के भयो भन्नेबारेमा औपचारिक रुपमा केही भनिएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend