सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

स्थायी कमिटी सदस्यले भने- अध्यक्ष हटाउनतर्फ लागे नेकपामा दुर्घटना हुन्छ

स्थायी कमिटी सदस्यले भने- अध्यक्ष हटाउनतर्फ लागे नेकपामा दुर्घटना हुन्छ

  • मिडिया डबली
  • शनिवार, श्रावण १७ २०७७

  • 3.8K
    SHARES

  • स्थायी कमिटी सदस्यले भने- अध्यक्ष हटाउनतर्फ लागे नेकपामा दुर्घटना हुन्छ

    काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताएका छन् । प्रेस सङ्गठन नेपाल नवलपुर शाखाले आज कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताएका हुन् ।

    एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने र त्यसपछि वैधानिक अध्यक्ष भित्र्याउनुको अर्को विकल्प नभएको समेत उनको तर्क छ । अहिले अध्यक्ष हटाउने कुरा वैधानिक नभएको उल्लेख गर्दै  पार्टी अध्यक्षलाई बहुमतका आधारमा हटाउनतर्फ लागे दुर्घटनामा फस्ने उनले बताए। 


    “अहिले अध्यक्ष हटाउनतर्फ लागे गुडिरहेको गाडी दुर्घटनामा पर्छ”, मुख्यमन्त्री गुरुङले भने, “सहमतिका साथ एकता महाधिवेशन गरी वैधानिकरूपमा अध्यक्ष भित्र्याउनुको अर्को विकल्प छैन ।”
     
    उनले अहिले प्रधानमन्त्रीको राजीनामा तर्फ जानु मात्र समस्याको समाधान नभएको समेत र  प्रधानमन्त्रीबाट राजीनामा दिने कुरा पार्टीको आन्तरिक कुरा मात्रै नभएर जनताको कार्यादेश विपरीत हुने उल्लेख गरे । “निर्वाचनमा जनतासँग स्थायी सरकार चलाउने बाचाका साथ जुन कार्यादेश दिएका छन्, हाम्रो आफ्नो झगडाका कारण  जनताको कार्यदेशमाथि अपमान गर्न पाइँदैन”, मुख्यमन्त्री गुरुङले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend