काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ जना केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय समिति बैठक बोलाइनु पर्ने माग गरेका छन् । ती सदस्यहरुले केन्द्रीय समितिको बैठकको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।
स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि उनीहरुले पार्टीको आन्तरिक विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक माग गरेका हुन् । बैठक माग गर्नेमा बिजय पौडेल, जगन्नाथ खतिवडा, कृष्ण केसी, मुक्ति प्रधान, हिमाल शर्मा, लेखनाथ न्यौपाने, दिलुकुमारी पन्त, झपट बहादुर रावल, सुजन किराती, राजेन्द्र राई, बलावती शर्मा, कृष्ण केसीलगायत १५२ जना छन् ।
केपी शर्मा ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने कुरा स्थायी कमिटी बैठकमा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । उक्त विवादले उग्ररुपलिदा अझैं नेकपामा सहमति हुन सकेको छैन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।