सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपा जाेगाउने रोल प्लेयरमा तीन नेता, पार्टीभित्र उथलपुथल

नेकपा जाेगाउने रोल प्लेयरमा तीन नेता, पार्टीभित्र उथलपुथल

  • मिडिया डबली
  • मंगलवार, श्रावण १३ २०७७

  • 5.6K
    SHARES

  • नेकपा जाेगाउने रोल प्लेयरमा तीन नेता, पार्टीभित्र उथलपुथल

    काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी नेकपामा फेरि तडकभडक बढेको छ । आन्तरिक विवाद साम्य हुन नसक्दा पार्टी जोगाउन दोस्रो तहका तीन नेताहरु अहिले मूख्य (रोल प्लेयरका) रुपमा सक्रिय भएका छन् ।

    पार्टीभित्र सहमतिको प्रयासभन्दा नेकपा गुटबन्दीमा लागगेपछि नेकपालाई फुटबाट जोगाउन स्थायी समिति सदस्य समेत रहेका घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराई सक्रिय भएका हुन् ।

    मंगलबार बिहान कृषि मन्त्रालयमा तीन नेताहरुले छलफल गरेर पार्टी एकता जोगाउन अन्य नेताहरुसँग छलफल गर्ने निर्णय गरेको बताइएको छ ।  

    तीन नेताहरुले आ–आफ्नो समूहका शीर्ष नेताहरुलाई सहमतिमा ल्याउने प्रयास गरेका छन् ।  सोही अनुसार पोखरेलले प्रधानमन्त्री ओलीसँग र घनश्याम र योगेशले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल थालेका छन् ।

    यसअघि पनि विवाद समधानका लागि भन्दै स्थायी समितिका ११ जना नेताहरु सक्रिय भएका थिए। अहिले तीनै नेताहरु सहमतिका लागि शिर्षनेताहरुलाई दबाब दिने तयारीम छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend