सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपाको केन्द्र तहको विवाद जिल्लासम्म पुग्यो, मकवानपुरमा भयानक लफडा

नेकपाको केन्द्र तहको विवाद जिल्लासम्म पुग्यो, मकवानपुरमा भयानक लफडा

  • मिडिया डबली
  • मंगलवार, श्रावण १३ २०७७

  • 6.8K
    SHARES

  • नेकपाको केन्द्र तहको विवाद जिल्लासम्म पुग्यो, मकवानपुरमा भयानक लफडा

    काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय तहको विवाद जिल्ला तहसम्म पुगेको छ।

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र उनलाई हटाउने प्रयासमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहितको खेमाबीच बढिरहेको विवाद मकवानपुर आइपुगेको हो ।

    नेकपा मकवानपुरमा पनि ओली पक्षधर र दाहाल, नेपाल खेमाका नेता, कार्यकर्ताबीच भयानक लफडा  नै भएको छ ।

    पार्टीको केन्द्रीय तहमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड, नेपालबीच शक्ति संघर्ष चलिरहेको समयमा मकवानपुरमा पनि उक्त अवस्था सिर्जना भएको हो ।

    मकवानपुरमा पछिल्लो समय नेकपाको आन्तरिक कार्यक्रममा एउटा पक्षले अर्को पक्षलाई वेवास्ता गर्दै कार्यक्रमहरू सञ्चालन हुन थालेका छन् ।

    सोमबार हेटौँडामा पुष्पलाल मित्रता केन्द्रको केन्द्रीय कमिटीले जिल्ला भेला आयोजना गरेको थियो । भेलामा ओली पक्षका नेताहरूले कार्यक्रमबारे जानकारी नै नदिई गुटबन्दीको रूपमा भेला गरेर जिल्ला कमिटी गठन गरेको आरोप लगाएका छन् ।

    सामाजिक सञ्जालमा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, नेकपा केन्द्रीय सदस्य विरोध खतिवडालगायतलाई ओली पक्षका नेताहरूले गुट भेला गरेको आरोप लगाएका हुन् ।

    नेकपाभित्र पटक–पटक शक्ति संघर्ष चलिरहेको भए पनि सामाजिक सञ्जाल तथा फिल्डमै एकआपसमा अन्तरविरोध भएको भने यो पहिलो पटक हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend