काठमाडौं - राप्रपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका सुनिलबहादुर थापाले आफु लोकतन्त्र बलियो बनाउन कांग्रेस प्रवेश गरेको बताएका छन्।
मंगलबार कांग्रेस मुख्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले कांग्रेस प्रवेश गर्नु आफ्ना लागि सौभाग्यको कुरा रहेको बताएका हुन्।
उनले आफु कांग्रेसका नेताहरुको भाग खोस्न पार्टी प्रवेश नगरेको बताए। ‘म भाग खोस्न आएको होइन, साथमा अघि बढ्न आएको हो,’ उनले भने।
थापाले आफ्ना पिता सूर्यबहादुर थापा २०१० सालमा धनकुटा कांग्रेसको सभापति भएको स्मरण गर्दै ६७ बर्षपछि कांग्रेससँग नाता जोड्न पाउँदा खुसी लागेको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।