काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत स्थायी कमिटी सदस्यको अनौपचारिक बैठकमा भीम रावलले नेतृत्वले टाउका देखाएर स्वार्थसिद्ध गर्न लागिपरेको भन्दै अब यसरी नचल्ने बताएका छन् ।
नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पदको झगडामा पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् । बालुवाटार भेलामा रावलले पदका लागि भइरहेकाे झगडामा हारजितका लागि आफूहरूको टाउको नगन्न आग्रह पनि गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत स्थायी कमिटी सदस्यको बैठकमा रावलले नेतृत्वले टाउका देखाएर स्वार्थसिद्ध गर्न लागिपरेको भन्दै अब यसरी नचल्ने बताएका हुन् ।
“हाम्रा टाउका देखाएर बार्गेनिङ गर्ने,” रावलको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, “तपाईंको पदको भागवण्डा गर्ने तरिकालाई सधैँ साथ दिएर जान सकिँदैन ।”
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।