लोकप्रिय बलिउड अभिनेता अमिताभ बच्चनको परिवारका ५ सदस्यहरुलाई कोरोना भाइरसको संक्रमण भएको थियो । अमिताभबच्चन लगायत पाँचजना मध्ये दुई कोरोना मुक्त भएका छन् ।
चर्चित नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या कोरोनामुक्त भएका हुन् । उनीहरुको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको अभिषेक बच्चनले ट्वीटमार्फत जानकारी दिएका छन्।
कोरोनामुक्त भएसँगै दुवै जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
गत जुलाई ११ मा अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना पुष्टि भएको थियो। उनीहरुमा कोरोना देखिएपछि जया बच्चन, एश्वेर्या र आरध्याको कोरोना परीक्षण भएको थियो। अमिताभ, जया र अभिषेक अझै कोरोनामुक्त भएका छैनन्।
Thank you all for your continued prayers and good wishes. Indebted forever. 🙏🏽
— Abhishek Bachchan (@juniorbachchan) July 27, 2020
Aishwarya and Aaradhya have thankfully tested negative and have been discharged from the hospital. They will now be at home. My father and I remain in hospital under the care of the medical staff.
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।