आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सरकारविरुद्ध अर्धनग्न जुलुश प्रदर्शन

कम्युनिस्ट सरकारविरुद्ध अर्धनग्न जुलुश प्रदर्शन

  • मिडिया डबली
  • आइतवार, श्रावण ११ २०७७

  • 7.3K
    SHARES

  • कम्युनिस्ट सरकारविरुद्ध अर्धनग्न जुलुश प्रदर्शन

    जनकपुर - जनकपुरधाममा आज अर्धनग्न प्रदर्शन भएको छ । राज्यले दलितहरुसँग विभेदपूर्ण व्यवहार गरेको भन्दै  दलित संघर्ष समितिले शरीरको लुगा फुकालेर अर्धनग्न प्रदर्शन गरेको हो ।

    दलित संघर्ष समितिका संयोजक चन्देश्वर दासको संयोजकत्वमा जनकपुरधामको जनक चोकदेखि सुरु भएको अर्धनग्न जुलूस प्रदर्शन मुख्यरुपमा शिव चोक, भानुचोक, कदम चोक हुंदै जिल्ला प्रशासन कार्यालय, विद्यापति चोक, पुरानो बसपार्क , रामचोक हुँदै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    पछिल्लो समय धनुषामा प्रहरी संलग्नतामा मुसहर समुदायका शम्भु सदा र प्रादेशिक अस्पताल जनकपुरको आईसोलेसनमा चिकित्सकको लापरवाहीले राजु सदाको हत्या गरेर हत्यारालाई उन्मुक्ति दिन खाजेको आरोप चन्देश्वर सदालेलगाएका छन् ।

    सदाले प्रदेश सरकार समेत दलितको विषयमा मौन रहेको जिकिर गर्दै मृत्यु प्रतिवेदन सार्वजनिक गर्न माग गरे । 

    कोणसभामा दलित अगुवाहरु पूर्वसांसद रामपृत पासवान, पचुलाल माझी, रामेश्वर महरा र राजाराम मण्डल लगायतकाहरुको उपस्थिति रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend