काठमाडाैं- नेपाल सरकारको ढुकुटीको पैसाबाट आएको बिकास बजेट प्रयोग गरि गरिएको बिकासको कार्यमा लापरबाही गर्दै एक ओभरसियरले ठगी गरेका छन्। पोखरा ८ ढाका मार्ग टोलमा ३२५ मिटरको निर्माणाधीन सडकमा चरम लापरबाही गरेर काम अगाडि बढाइएको भेटिएको हाे।
ओभरसियरले विकास निर्माणकै कार्यमा ठगी गर्दै हिडेपछी कसरी होस् दिगो बिकास ?कति दिन चल्ने यस्ताको ठगी ? भन्ने प्रश्नहरु जन-समुदायमा उठेको छ। एक स्थानीयले विकास कार्यमा ओभरसियरले ठगी गर्दै बनाएकाे सडकको फोटो देखाउँदै गुनासाे पाेखेका छन् ।
त्यस अनुसार ओभरसियरले सडक निर्माणमा चरम लापरबाही गरेर ठगी गरेकाे देखिन्छ । सडकमा गरिएको ढुंगाको सोलिङमा नै चरम लापरबाही गरिएको र ढलान मसलामा समेत ठगी गरिएको स्थानीयले गुनासो गरेका छन। ती ओभरसियरको नाम सन्तोष जि.सी. रहेको र उनले पोखरा ८ को बिकासको कार्यमा ओभरसियरको भुमिका खेल्दै आएको समेत स्थानीयले बताएका छन्।
स्थानीयहरूले ४ इन्च हुनु पर्नेमा ढलानमा २ इन्च, १ इन्च र कतै त लिपेर छोडेको मात्र गरेर कार्य गरेको भेटिएको छ। साथै सिमेन्ट १ हुनु पर्ने ठाउँमा १ नै राखेको तर बालुवा २ हुनुपर्ने ठाउँमा ४ राखेर र गिट्टी ४ हुनुपर्ने ठाउँमा ५ राखेर गुणस्तरहीन बनाएकाे पाइएकाे छ।
यस्तै उपभोक्ता समितिले दिने ठेक्का स्वयं ओभरसियरले आफ्नो नजिकको एक ठेक्दारलाई ठेक्का दिई केही नाफा प्रतिशत आफ्नो लागि छुट्याउने सर्तमा ठेक्का दिएको र ठेक्कामा धेरै नाफा हुने गरि कार्यहरुमा ठगी गरेको समेत तथ्यांक पाइएकाे छ ।
"हामीले तिरेको राजस्वको रकम बिकास बजेट भएर आएको हो बाँकी रकम हामी स्थानीयले हालेका छौँ, ओभरसियरले आफ्नो गोजीको रकम हाले जस्तो ब्यवहार प्रस्तुत गर्नुभयो, हाम्रो समाजको बिकासको कार्यमा चरम लापरबाही गरि हामीलाई ठग्न खोज्दा हामी उहाँको बिरोधमा लागेका हौँ।
यहाँ पो प्रत्यक्ष देखियो हामीले बिरोध गर्यौँ, सोझा साझा जनता भएको समुदायको बिकास कार्यहरुमा त कति ठग्यो होला ? यस्ता ब्यक्तिलाई सम्बन्धित प्रशासनले तुरुन्त कारबाहीको दायरामा ल्याएर अन्य यस्ता ठगी र लापरबाहीका कार्यहरू हुनबाट रोक्न जरुरी छ ", स्थानीयहरुले बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।