सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीले सत्ता टिकाउन यस्तोसम्म गरेको खुलासा, नेकपाका नेताले गरे भण्डाफोर

ओलीले सत्ता टिकाउन यस्तोसम्म गरेको खुलासा, नेकपाका नेताले गरे भण्डाफोर

  • मिडिया डबली
  • बुधवार, श्रावण ७ २०७७

  • 19.5K
    SHARES

  • ओलीले सत्ता टिकाउन यस्तोसम्म गरेको खुलासा, नेकपाका नेताले गरे भण्डाफोर

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई आफ्नो पक्षमा आउन भन्दै विभिन्न किसिमका दबाब दिएको खुलेको छ ।

    नेकपा पार्टी विभाजनकै स्थितीमा पुगिसकेका बेला ओलीले संसद विघटन गर्नेदेखि आर्थिक प्रलोभन देखाएर आफ्नो पक्षमा आउन दबाब दिएको खुलेको हो ।

    एक अन्तर्वार्तामा  बोल्दै सत्तारुढ नेकपाका सांसद मेटमणि चौधरीले सांसदहरुलाई आफ्नो पक्षमा नआए संसद विघटन गरिदिने धम्की दिएको आरोप लगाएका छन् ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफ्ना सांसदहरुलाई बोलाएर मन्त्री बनाइदिनेदेखि आर्थिक प्रलोभन देखाएको सांसद चौधरीले बताएका छन् । ओलीले आफुलाई मात्रै नभएर अन्य सांसदहरुलाई समेत विभिन्न किसिमका प्रलोभन एवं धम्कीसमेत दिएको सार्वजनिक गरेका छन् ।

    नेकपाका शिर्षनेताहरुबीचको विवादले पार्टी विभाजनको स्थितीमा समेत पुगेको थियो । सोही बेला ओलीले आफ्नो पक्षमा बढी सांसद पार्न प्रलोभन देखाएका हुन् ।

    दुई वर्षसम्म सरकार चलाउँदा राम्रो काम गर्न नसकेका ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउनु पर्ने बताएका उनले राजीनामा नदिए पार्टीको बैठकबाट ओलीलाई बर्खास्त गर्ने चेतावनी दिए ।

    आफ्नो कमजोरी लुकाउन र सत्तामा बसिरहन विभिन्न कार्डको प्रयोग गरेका ओलीले पछिल्लो अयोध्या कार्ड ल्याएको सांसद चौधरीको टिप्पणी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend