सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्ड र नेपालबीच ओली हटाउने सहमति, यसरी हुँदैछ तयारी

प्रचण्ड र नेपालबीच ओली हटाउने सहमति, यसरी हुँदैछ तयारी

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 13.8K
    SHARES

  • प्रचण्ड र नेपालबीच ओली हटाउने सहमति, यसरी हुँदैछ तयारी

    काठमाडौं -नेकपाको प्रधानमन्त्री ओली विपक्षी समुह चाँडो महाधिवेशन गर्न तयार भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह तयार भएको हो ।

    प्रचण्ड, नेपाल, खनाल र सो समूहका अन्य नेताहरुले पटकपटक बैठक बसेर चाँडै महाधिवेसन गरेर भएपनि पार्टीको नेतृत्व परिवर्तन गर्ने योजना बनाएका हुन् । मंगलबार बिहान खुमलटारमा प्रचण्ड, खनाल र नेपालबीच यसै विषयमा सघन छलफल भएको जनाइएको छ ।

    प्रचण्ड, नेपाल र झलनाथ खनालसहितका नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्नै पर्ने दबाब दिएपछि गत शनिबारको सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेसन गरेर मात्र आफूले पार्टीको नेतृत्व छाड्ने प्रस्ताव गरेका थिए।  

    प्रचण्डपक्षबीच पार्टीको एकतालाई कायम राख्दै राष्ट्रिय मञ्च (महाधिवेसन) सम्म पुग्ने र त्यहाँबाट सबै कुराको हल गर्ने सहमति भएको  स्रोतले जनाएको छ ।

    नेकपाको माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय कमिटीले ०७७ चैत अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो।

    नेकपाका प्रवक्ता श्रेष्ठले पनि पार्टीभित्र देखिएको गतिरोधको निकास महाधिवेसनले नै दिने बताएका छन्। मंगलबार दिउँसो प्रवक्ता श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेसनको तयारीलाई निकासको सूत्र बनाऔँ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend