काठमाडौं - नेपालमा सलहको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना बढेको छ । सुरुमा नेपालमा सलह नै पस्दैन भनिँदा अहिले भने अर्काे झुण्ड समेत प्रवेश गर्न सक्ने ठानिएको हो ।
भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु रहेको र ती झुण्ड नै नेपाल प्रवेश गर्न सक्ने खतरा बढेको हो । प्लान्ट क्वरिन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गतको सूचना केन्द्रले सलहको यी झुण्ड १५० हेक्टर क्षेत्रफलमा फैलिएको बताएको छ ।
हावाको बहावका कारण झुण्ड पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्रमा आउने सम्भावना रहेको छ । जसकारण नेपालको धनुषा, महोत्तरी, सर्लाही क्षेत्रमा पनि पुग्न सक्ने अनुमान गरिएको हो ।
राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झूण्डहरु पनि दक्षिण पश्चिमतर्फ बहेको वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ जाने सम्भावना रहेको छ ।
एक झुण्डमा लाखौंको संख्यामा हुने सलहले आफ्नो तौल बराबरको खाना खान्छ । लाखौं सलह एकैपटक बारीमा पस्दा पूरैबारी नै सखाप गरिदिन्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।