काठमाडाैं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डिया इंक ग्लोबल विक २०२० मा बोल्दै भारत विश्वकै विवकेशिल मूलुक रहेको बताएका छन् । उनले विश्वको हरेपक्षको पुर्नउद्धारमा भारतले नेतृत्व गरिरहेकोब बताएका हुन् ।
ग्लोबल विक २०२० मा बोल्दै मोदीले भारतले, शिक्षा, स्वास्थय, विज्ञान, प्रविधिदेखि लिएर कठिन काम गर्ने मजदुरसम्मका क्षेत्रमा भारतीय ट्यालेन्ट मुख्य रुपमा रहेकोब बताएका छन् ।
त्यस्तै भारत आर्थिक एवं सामाजिक पक्षमा पनि उल्लेख्य सुधार गर्ने क्षमताको मूलुक रहेको बताएका छन् ।
‘माहामारीका कारण एकातर्फ हामीले जनताको स्वास्थ्यको ख्याल गरिरहेका छौं, अर्काेतर्फ हामीले अर्थतन्त्रको पनि ख्याल गरिरहेका छौं’ मोदीले भनेका छन् ।
त्यस्तै मोदीले पछिल्लो समय लकडाउन सुस्ता पारिएको र व्यापारिक गतिविधिहरु पनि सञ्चालन गर्न थालिएको बताएका छन् । त्यस्तै मोदीले दुनियाकै सबैभन्दा ठूलो स्वास्थ्य सेवा पहल आयुस्मान भारतको समेत सुरुवात गरिएकोब बताएका छन् ।
‘भारतीयहरुसँग सोचेको सबै पूरा गर्नसक्ने मनोबल रहेको छ, त्यसै अनुसार हामीले अर्थतन्त्रलाई पनि अझैं धेरै उन्न्तीगामी बनाउने तरिकाले काम गरिरहेका छौं ।’ मोदीले भनेका छन् ।
त्यस्तै मोदीले राहत कोष पनि गरिबहरुका लागि छुट्याइएको बताएका छन् । प्रविधिको प्रयोगले पाउने पर्ने व्याक्तिले राहत पाउने समेत मोदीले बताएका छन् । देशमा माहामरीका बेला संकटमा परेकाहरुलाई निशुल्क खाना पकाउने ग्यास, पैंसा, खाना लगायतका कुरा राहतस्वरुप बाँडिइरहेको समेत मोदीले बताएका छन् ।
त्यस्तै उनले भारत व्यापारका लागि खुला देशका रुपमा रहेको बताएका छन् । हामीले विश्वभरका कम्पनीहरुलाई यहाँ लगानी गर्नका लागि अवसर दिइरहेको छौं मोदीले भनेका छन् ।
त्यस्तै करोडौं मानिसलाई फाइदा पुर्याउने किसिमले साना, मझौलादेखि ठूला उद्योगमा विदेशी लगानी भित्र्याउन सकिने किसिमको व्यवस्था रहेको समेत मोदीले बताएका छन् ।
उनले सैन्य क्षेत्र र अन्तरिक्ष क्षेत्रमा समेत लगानी गर्नका लागि विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
त्यस्तै उनले भारतमा रहेको फार्मेसिहरुको योगदानको समेत वर्णन गरेका छन् ।
भारले विश्वका लागि चाहिने खोपको २ तिहाइ निमार्ण गर्दै आएको समेत मोदीले बताएका छन् । त्यस्तै कोरोना भाइरसविरुद्धको खोप समेत भारतमा विकास भइरहेको उनले बताएका छन् ।
त्यस्तै उनले १ सय ३० करोड भारतबासीहरुलाई आत्मनिर्भर भारतका लागि आग्रह समेत गरेका छन् । आफ्नै स्थानीय उत्पादन र बजारकरणका लागि आत्मनिर्भर भारत कार्यक्रम सुरु गरिएको उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।