सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक विशेष

ओलीलाई हटाएर प्रधानमन्त्री बन्दै प्रचण्ड, माधव नेपाल ब्याक !

ओलीलाई हटाएर प्रधानमन्त्री बन्दै प्रचण्ड, माधव नेपाल ब्याक !

  • मिडिया डबली
  • मंगलवार, आषाढ २३ २०७७

  • 22.5K
    SHARES

  • ओलीलाई हटाएर प्रधानमन्त्री बन्दै प्रचण्ड, माधव नेपाल ब्याक !

    काठमाडौं–प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता प्रधानमन्त्री पदमा अड्किएको छ।

    १० गते देखि जारी स्थायी समिति बैठकमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने माग उठेपछि नेकपाभित्र चुलिएको विवाद मथ्थर हुने सम्भावना त देखिएको छ।

    तर, त्यसका लागि ओलीले प्रधानमन्त्री पद छोड्नुपर्ने अडान ओली इतर समुहले राखेको छ। केही दिन यता ओली र प्रचण्डको लगातार भेट भइरहेको छ। तर, कुरा प्रधानमन्त्रीको पदमा अड्किएको स्रोतको दावी छ।

    प्रचण्ड ओलीबाट प्रधानमन्त्री पद हत्याउन लागि परेका छन्। तर, ओली सहजै राजिनामा नदिने पक्षमा छन्। तर, ओलीले राजिनामा दिएमा वा हटाउने निर्णय भएमा प्रचण्ड प्रधानमन्त्री बन्ने देखिएको छ।

    प्रधानमन्त्री अकांक्षी माधवकुमार नेपालले ओलीबाट पद हत्याए सहयोग गर्ने बचन प्रचण्डलाई दिइसकेको स्रोतको दाबी छ। यस्तै झलनाथ खनाल र बामदेव गौतमले समेत प्रचण्डलाई सहयोग गर्ने बचन दिएका छन्। सोही कारण प्रचण्ड ओलीबाट प्रधानमन्त्रीको पद हत्याउन लागि परेको नेकपा निकट स्रोत बताउँछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend