काठमाडौं - नेकपा नेता झलनाथ खनाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा पुगेको बेला चिनियाँ राजदूत होउ यान्छीले आफ्नो सक्रियता बढाएक छन् ।
उनी मंगलबार बिहान करिब १० बजेतिर ११ सीडी०१ नम्बरको जीपमा खनाल निवास पुगेकी हुन् । यसअघि आइतबार साँझ नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन् ।
जुलाई ३ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी राजदूत यान्छीले जुलाई ६ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।