बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओलीले ठूला माछा छाडेर साना फसाउन खोज्दा मुद्दा कमजोर, करोड गायब गर्ने लाखमा छुटे

ओलीले ठूला माछा छाडेर साना फसाउन खोज्दा मुद्दा कमजोर, करोड गायब गर्ने लाखमा छुटे

  • मिडिया डबली डेक्स
  • सोमवार, आषाढ २२ २०७७

  • 5.5K
    SHARES

  • ओलीले ठूला माछा छाडेर साना फसाउन खोज्दा मुद्दा कमजोर, करोड गायब गर्ने लाखमा छुटे

    काठमाडौं -बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका एक अधिकृतलाई सर्वोच्च अदालतले तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ । ३२ करोड १९ लाख २० हजार रुपैयाँ बिगो माग र ८ देखि १० वर्ष कैद मागदाबी गरिएका अधिकृतलाई सर्वाेच्चले रिहा गर्न आदेश दिएको छ ।

    मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई रिहा गर्नका लागि आदेश तोकिएको हो । सर्वोच्चका न्यायाधीशद्वय इश्वरबहादुर खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले सोमबार आदेश दिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सार्वजनिक जग्गा गैरकानूनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै पौडेल विरुद्ध ३२ करोड १९ लाख २० हजार रुपैयाँ बिगो माग र ८ देखि १० वर्ष कैद मागदाबी गरेको छ ।

    ललिता निवासले चर्चेको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिना गरेको आरोपमा अख्यितारले २०७६ माघ २२ गते तीन पूर्व मन्त्री र तीन पूर्व सचिव सहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २२ २०७७१०:०६:३२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend