सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चिनिया राजदूतको सक्रियताप्रति प्रवक्ता श्रेष्ठको आपत्ति, दिए यस्तो जबाफ

चिनिया राजदूतको सक्रियताप्रति प्रवक्ता श्रेष्ठको आपत्ति, दिए यस्तो जबाफ

  • मिडिया डबली
  • सोमवार, आषाढ २२ २०७७

  • 8.7K
    SHARES

  • चिनिया राजदूतको सक्रियताप्रति प्रवक्ता श्रेष्ठको आपत्ति, दिए यस्तो  जबाफ

    काठमाडौं - नेकपाभित्रको विवादले चरमरुप लिएको छ । प्रधानन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समुहबीच विवाद उत्कर्षमा रहेको छ ।

    यसबीच नेकपा भित्रको विवादमा क्रममा समाधानका लागि चिनिया राजदुतले खुलमखुल्ला सक्रियता बढाएको छ । प्रधानमन्त्री ओलीले भारतलाई आरोप लगाइरहेका बेला जनसमुहकै बीच चिनिया राजदुत हाउ यान्छिले आइतबार नेकपाका नेता माधवकुमार नेपालसँग भेट गरिन् ।

    चीनले नेकपाभित्रको विवादमा समिप्यता बढाउन खोजेपछि नेकपाकै समुह रुष्ट बनेको छ । यसअघि तत्कालिन एमाले माओवादीबीचको संघर्षका बेला समेत चीनले आफ्नो सक्रियता बढाएको थियो ।

    यसबेला पनि सत्ता बचाउँन जस्तो सुकै कदम चाल्ने तयारीमा रहेका ओलीसँग चिनिया रणनीति हावी हुनसक्ने देखिएको छ । यो कुरा नेकपाकै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् ।

    उनले देशभित्र उत्पन्न परिस्थितीकाबारेमा विदेशी शक्तिको निर्देशन वा षडयन्त्रको सिद्धान्तलाई अस्विकार गर्ने बताएका हुन् ।

    भारत वा चीनका कुनै देशलाई पनि उदृत नगर्दै प्रवक्त श्रेष्ठले भनेका छन्, ‘सार्वभौमसत्ता सम्पन्न देश नेपालले आफ्ना कुनै पनि विषयमा निर्णय गर्न सक्षम छ। आफ्नो आन्तरिक मामिलामा कही कतैबाट हुने हस्तक्षेपकारी प्रवृत्तिको हामी विरोध र अस्विकार गर्दछौँ,।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend