काठमाडौं - सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको टकरावले नेकपा विभाजनको अवस्थामा पुगेको छ ।
विभाजन भएमा पार्टीको भविष्यको कुनै पूर्वानुमान गर्न सकिएको छैन् । यद्यपी ओली पक्षले आफुलाई सबल बनाउँन नयाँ रणनीतिमा काम गरिरहेको कुरा बाहिर आएको छ ।
देशकै अभिभावक हुनुपर्ने अहोदाको व्याक्ति राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको विवादमा मुछिएकी हुन् । स्रोतका अनुसार नेकपामा प्रचण्ड र माधवकुमार नेपाल समूहलाई दुर्बल बनाउँन उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवासमा नै बोलाएर छलफल गरेको कुरा बाहिर आएको छ ।
ओली पक्षीय नेताहरूको छलफलमा नेकपा विभाजन गरेर गौतमलाई नयाँ पार्टी (एमाले) को अध्यक्ष बनाउने र एक वर्षभित्र संसदीय दलको अध्यक्ष बनाएर प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव गरेको गौतमले नै खुलासा गरेका हुन् ।
यद्यपी यस विषयमा राष्ट्रपति कार्यालयले अहिलेसम्म प्रस्ट पारिसकेको छैन । गौतमलाई अघि सार्दा सुवासचन्द्र नेम्वाङलाई भने ठूलो घाटा लाग्ने भएको छ ।
नेकपामा ओलीपछि उनको उत्तराधिकारी बन्न नेम्वाङ इच्छुक छन् । अन्तर्राष्ट्रिय सम्बन्धका कारण पनि उनी प्रधानमन्त्रीका प्रबल दाबेदार हुन् । तर, गौतमलाई अघिसारिएपछि उनी घाटामा पुग्ने भएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।