सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कहाँ पहिलो विश्वयुद्ध, कहाँ ओली-प्रचण्डको विवाद, कृषिमन्त्रि भुसालले दाँजे

कहाँ पहिलो विश्वयुद्ध, कहाँ ओली-प्रचण्डको विवाद, कृषिमन्त्रि भुसालले दाँजे

  • मिडिया डबली
  • शनिवार, आषाढ २० २०७७

  • 5.6K
    SHARES

  • कहाँ पहिलो विश्वयुद्ध, कहाँ ओली-प्रचण्डको विवाद, कृषिमन्त्रि भुसालले दाँजे

    काठमाडौं - नेकपाभित्रको विवादलाई मन्त्रीहरुले पहिलो विश्वयुद्धसँग दाँजेका छन् । बाहिरी र बनावटी कुराहरुका कारण पार्टीभित्र किचलो बढेको मन्त्रीहरुले भनेका हुन् ।

    कृषि मन्त्री घनश्याम भुसालले स्वार्थ समूहले परिस्थितिलाई उत्तेजित बनाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको भन्दै अहिलेको स्थितीलाई विश्वयुद्ध सँग दाँजेका हुन् ।

    ‘प्रथम विश्वयुद्धताका एउटा व्यापारिक स्वार्थ समूह थियो, जसले पोष्टर छाप्थ्यो र युद्धका दुवै पक्षलाई बेच्थ्यो, फ्रेन्च हत्यारा हुन् भन्ने पोस्टर पनि त्यहि समूहले छाप्थ्यो, जर्मन हत्यारा हुन् भन्ने पोष्टर पनि उसैले छापेर बेच्थ्यो, अहिले पनि नेकपाको विवादमा पनि स्वार्थ समूहले ‘फेब्रिकेटेड’ (बनावटी) कुराहरु ल्याएर भाँजो हालिरहेको छ ’ उनले भने ।

    त्यस्तै उर्जामन्त्री वर्षमान पुनले पनि पार्टीको विवादलाई संसदीय दल वा पार्टी कमिटीमा छलफल गरेर विधिवत् रुपमा सल्टाउनु पर्ने बताए।

    यो पनि

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend