काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन्। पार्टीभित्र विवादले उग्र रुप लिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ करिब १ घण्टा राष्ट्रपटिसँग छलफल गरेका हुन् ।
दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटेका हुन् । यसअघि बिहीबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य गरेकी थिइन् । यद्यपी के विषयमा छलफल भएछ भन्ने कुरा भने बाहिर अाएकाे छैन् ।
नेकपा फुटको संघारमा रहेका बेला ओलीको पद जाने या पार्टीको कार्यवाहकताबाट हट्ने सम्भावना बढेका बेला ओलीले नयाँ नयाँ रणनीति अपानाइ रहेका छन् । उनले अहिले परामर्शलाई तीव्र बनाएका छन्।
शीतल निवासबाट फर्केसँगै प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीहरूसँग परामर्श सुरु गरेका छन् । सबैजना मन्त्री, राज्यमन्त्रीहरूहरु यतिबेला बालुवाटारमा छन्।
याे पनि
उता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा ६ जना सचिवालय सदस्यहरुको बैठक बसेको छ। उक्त बैठकले कुनै पनि हालतमा ओलीलाई गलाउने तर पार्टी फुट्न नदिने निचोड निकालेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।