आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकार संकटमा परेसँगै नेपालमा चिनियाँ जासुसको सक्रियता

ओली सरकार संकटमा परेसँगै नेपालमा चिनियाँ जासुसको सक्रियता

  • मिडिया डबली
  • शनिवार, आषाढ २० २०७७

  • 17.4K
    SHARES

  • ओली सरकार संकटमा परेसँगै नेपालमा  चिनियाँ जासुसको सक्रियता

    काठमाडौँ- नेपालमा पछिल्लो समय सत्तारुढ दलभित्रको राजनीतिक संकटका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउनका लागि चीन र पाकिस्तानी गुप्तचरहरु सक्रिय भएका छन् ।

    भारतीय सुरक्षा स्रोतका अनुसार नेपालमा कोरोनाविरुद्धको लडाइँमा स्वास्थ्यकर्मीको रुपमा चीनले जासुसीको संख्या बढाउनुका साथै उनीहरुको सक्रियतासमेत बढेको बताइएको छ ।

    चिनियाँ गुप्तचर संस्था 'मिलिटरी अफ स्टेट सेक्युरिटी' को उपस्थिति नेपालमा बढाइएको छ । चीनको विदेशी जासुसी गर्ने गुप्तचर प्रहरी संगठन एमएसएस हो ।

    त्यसैगरी नेपाल-भारत सीमा विवादमा पाकिस्तानले आफ्नो फाइदा लिने प्रयास गरिरहेको छ । पाकिस्तानी प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्‍ने प्रयास गरिरहेका छन् ।

    भारतविरुद्ध प्रयोग हुनसक्ने नेताहरुसँगको भेट पछिल्लो समय पाकिस्तानीहरुले पनि बढाएको बताइएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले परराष्ट्र मन्त्रालयमा औपचारिक पत्र पठाएको छ र उक्त पत्रमार्फत प्रधानमन्त्री ओलीसँग संवादका लागि प्रस्ताव गरेको बताइएको छ ।

    यससँगै पाकिस्तानी आईएसआईको संख्यामा पनि बढाइएको जनाइएको छ । ग्रेटर नेपालका अभियन्ता फडिन्द्र नेपालले पाकिस्तान र चिनियाँ दूतावासमा भेट गरेको खुलासा भएको छ । चीनले आफ्नो छिमेकीहरुलाई उचालेर भारतविरुद्ध प्रयोग गर्ने रणनीति लिएको छ ।

    चीन र पाकिस्तानले नेपाललाई भारतविरुद्ध प्रयोग गरेर अर्को मोर्चा बनाउने तयारी गरेका छन् । चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई भारतविरुद्ध प्रयोगका लागि ठूलो भूमिका खेलेकी छन् ।

    यान्छी यसअघि पाकिस्तानका लागि राजदूत भइसकेकी व्यक्ति हुन् । यसअघि नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सा सार्वजनिक भएपछि नेपाल-भारत सम्बन्धमा दरार पैदा भएको छ ।

    ३ नोभेम्बर २०१९ मा भारतले नेपाली भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालले समस्या समाधानका लागि बारम्बार वार्ताको पहल गर्दा पनि भारतले कुनै जवाफ दिएको थिएन । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend