काठमाडौं, २० असार - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर हटाउनेसम्मको गतिविधि भएको रहस्य बाहिरिएको छ ।
नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति भण्डारीलाई महाभियोग लगाएर हटाउने योजना बनाएको उच्च स्रोतले जनाएको छ । उनीहरूले दुईजना वरिष्ठ कानून ब्यवसायीसँग छलफल गरेको दाबी स्रोतको छ ।
दाहाल र नेपालले नेकपामा बुधवार डा.युवराज संग्रौला र गोविन्द बन्दीसँग राष्ट्रपति भण्डारीबिरुद्ध महाअभियोग लगाउने विषयमा छलफल गरेका हुन् । डा.संग्रौलाले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन सकिने सुझाव दिएका छन् ।
त्यसका लागि सभामुखले साथ दिनुपर्ने डा.संग्रौलाको भनाइ छ । महाअभियोग लगाउने विषयमा छलफल भएपनि सो प्रस्ताव पास गर्न सकिने अवस्था नरहेपछि दाहाल–नेपाल ब्याक भएको एक नेताले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।