काठमाडौँ- आफ्नो पक्षमा सडक प्रदर्शन चर्काउन पार्टीका युवा तथा बिद्यार्थी नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
बिहीबार राति ११ बजेतिर प्रधानमन्त्री ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् ।
पार्टीभित्र राजिनामा मागेपछि ओली संकटमा छन् । यस्तो अवस्थामा ओली अनेक समूहसँग भेटेर रणनीति बनाउन व्यस्त छन् । त्यसमध्ये सडक आन्दोलनलाई पनि उनले कार्ययोजनामा राखेका छन् ।
बिहीबार बिहान पनि काठमाडौँको माइतीघरमा ओली सरकार ढाल्न नपाइने भन्दै प्रदर्शन भएको थियो । ओलीलाई भेट्न तत्कालिन एमाले निकट युवा संघ तथा अनेरास्ववियुका नेताहरु बालुवाटार पुगेका थिए ।-दृष्टिबाट
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।