काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गंगालाल हृदयरोग केन्द्र पुगेका छन्। तर, प्रधानमन्त्री अाेली अहिले पूर्णरूपमा स्वास्थ रहेका छन् ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका बताएका छन् । डाक्टरको सुझाव अनुसार प्रधानमन्त्री ओली अस्पताल गएका हुन् । स्वास्थ्यमा कुनै समस्या आएर भने प्रधानमन्त्री अस्पताल गएका हैनन् ।
प्रधानमन्त्री ओलीको गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको केहि वर्ष पहिले नै पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
दुई पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण गरिरहनुपर्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।