जनकपुर । नेपाली काँग्रेसले सोमबार जनकपुरमा नागरिकता विधेयकविरुद्ध भव्य प्रदर्शन गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयक खारेजीको माग गर्दै काँग्रेसले विरोध प्रदर्शन गरेको हो ।
महिला विरोधी र विभेदपूर्ण देखिएको विधेयकको विरोधमा निकालिएको र्याली जनकपुरधामको क्याम्पस चोक, मुरली चोक, राम चोक, जनक चोक हुँदै भानु चोकमा कोणसभामा परिणत भएको थियो ।
नेकपाले राज्य व्यवस्था समितिबाट विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो । नेकपाे ल्याएकाे याे विराेधाभास विधेयक चाैतर्फि विराेधमा अाएपछि वालुवाटारसम्मै तनावकाे स्थिती सिर्जना भएकाे छ ।
विरोध र्यालीमा काँग्रेस धनुषा सभापति महेश शंकर गिरीले नेकपाको यो निर्णयले लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाएका छन् ।
त्यस्तै विरोध र्यालीमा, पूर्व सांसद चन्द्रमोहन यादव, प्रदेशसभा सदस्य सरस्वती चौधरी, क्षेत्रीय सभापति कन्हैयालाल कर्ण, क्षेत्र नम्बर ३ (क) का सभापति दिनेश दिपक, क्षेत्र नम्बर ३ (ख) का सभापति शिवजी राय, जिल्ला उपसभापति संतोष यादव, काँग्रेस नेता गणेश तिवारी, जिवनाथ चौधरी, क्षिरेश्वर नगरपालिकाका मेयर समेत रहेका क्षेत्र नम्बर ४ का सभापति योगेन्द्र पजियार, तरुण दलका जिल्ला अध्यक्ष संजय लाभ कर्ण, सुजित मिश्रा, तरुण दलका जिल्ला उपाध्यक्ष राकेश विक्रम साह लगायतक वक्ताहरुले सम्बोधन गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।