आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कम्युनिष्ट सरकारका मन्त्रीहरूसँग कांग्रेसले कोरोनाबारे मंगलबार स्पष्टीकरण लिने, जनताको तर्फबाट हिसाब माग्ने

कम्युनिष्ट सरकारका मन्त्रीहरूसँग कांग्रेसले कोरोनाबारे मंगलबार स्पष्टीकरण लिने, जनताको तर्फबाट हिसाब माग्ने

  • मिडिया डबली डेक्स
  • सोमवार, आषाढ १५ २०७७

  • 7.2K
    SHARES

  • कम्युनिष्ट सरकारका मन्त्रीहरूसँग कांग्रेसले कोरोनाबारे मंगलबार स्पष्टीकरण लिने, जनताको तर्फबाट हिसाब माग्ने

    काठमाडौं - झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न नसकेको भनेर आलोचना भइरहेका बेला प्रमुख विपक्षी दल नेपाल कांग्रेसको ‘कोरोना अनुगमन समिति’ले स्वास्थ्य र अर्थसँग भेट गरेर जानकारी लिने भएको छ । समितिले कोरोना नियन्त्रण, उपचार, क्वारेन्टिन, उद्धार, खर्च लगायतका विषयमा जानकारी लिनुका साथै अबका दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा समेत सुझाव दिनेछ ।

    कांग्रेसका सह–महामन्त्री समेत रहेका समितिका संयोजक डा प्रकाशशरण महतको टोलीले मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा युवराज खतिवडालाई भेटेर कोरोनका विषयमा हालसम्म भएको खर्च र गतिविधिहरूका बारेमा जानकारी लिनेछ ।

    डा महतका अनुसार दश अर्ब खर्च भइसक्दा समेत स्थानीय तहका क्वारेन्टिनहरूको दैनीय अवस्था रहेको बताए । उनले स्वास्थ्य सामग्री खरिदको अनियमितता, समयमा उपचार नपाएर मृत्यु भएकाहरूको विषय, पीसीआर पद्धतिबाट नमूना परीक्षण लगायतका बारेमा मन्त्रीहरूसँग जानकारी लिइने बताए ।

    कांग्रेसको कोरोना अनुगमन समितिले नवलरासीसहितका विभिन्न जिल्लामा क्वारेन्टिनमा बसेकाहरूसँग भेटेर समस्याको जानकारी लिएको थियो ।
    क्वारेन्टिनमा बसेकाहरूले आधारभूत सुविधा नपाएको भन्दै डा।महतसँग गुनासो गरेका थिए । डा।महतले उनीहरूका गुनासो सरकारसम्म पु¥याउने प्रतिवद्धता जनाएका थिए ।

    यसअघि कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटेर कोरोनाभाइरसको संक्रमण र महामारी नियन्त्रणमा लापरबाही भएको भन्दै ज्ञापनपत्र नै बुझाइसकेको छ । कांग्रेसले कम्युनिस्ट सरकारलाई कोरोना नियन्त्रणमा सहयोग गर्दै आएको छ ।

    सरकारले कोरोना रोकथाम र नियन्त्रण तथा क्वारेन्टिनमा बसेकाहरूलाई आधारभूत सुविधाननै दिन नसकेको आरोप लगाउँदै आएको छ ।
    कम्युनिस्ट सरकारका मन्त्री र उच्च तहका अधिकारीहरू स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारमा संलग्न भएको भन्दै आलोचना भइरहेको छ ।


    लकडाउनका बेला कोरोना नियन्त्रणमा दश अर्ब खर्च भएको विवरण बाहिर आएपछि झन् कम्युनिस्ट सरकार आलोचित बनेको थियो ।
    समितिले मंगलबार बिहान ८ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाल र अर्थमन्त्री डा।खतिवडालाई दिउँसो २ बजेट भेट्ने कार्यक्रम रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend