आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको बिशेष

वृद्ध भत्तामा किर्ते गर्ने कम्युनिस्ट वडाध्यक्षविरुद्ध प्रमाणसहित अख्तियारमा उजुरी, भीआईपी कम्युनिस्ट नेतालाई तनाब

वृद्ध भत्तामा किर्ते गर्ने कम्युनिस्ट वडाध्यक्षविरुद्ध प्रमाणसहित अख्तियारमा उजुरी, भीआईपी कम्युनिस्ट नेतालाई तनाब

  • मिडिया डबली
  • बुधवार, आषाढ १० २०७७

  • 10.4K
    SHARES

  • वृद्ध भत्तामा किर्ते गर्ने कम्युनिस्ट वडाध्यक्षविरुद्ध प्रमाणसहित अख्तियारमा उजुरी, भीआईपी कम्युनिस्ट नेतालाई तनाब

     काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर ४, गीताञ्जली मार्गकी ९६ वर्षीया चिजमाया लिम्बूले आफ्नो वृद्ध भत्ता वडाध्यक्षसहितको समूहले हिनामिना गरेको भन्दै कारबाहीको माग गरेर अख्तियार दुरुपोग अनुसन्धान आयोगमा जाहेर दिएकी छिन् ।

    वडाध्यक्ष मोहनबहादुर विष्टसहितलाई वृद्धा लिम्बूले बुधबार आयोगमा किर्ते काण्डमा छानविन गरी कारबाहीको माग गरेर जाहेरी दिएकी हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित वडाध्यक्ष मोहनबहादुर विष्ट, वडा सदस्य दिनेश महर्जन र ध्रुबप्रसाद त्रिपाठीविरुद्ध लिम्बूले अख्तियारमा जाहेरी दिएकी हुन् ।

    वडाध्यक्ष विष्टसहितको समूहलाई लिम्बूले आर्थिक वर्ष ०७६÷७७ मा सरकारी कागज किर्ते गरी किर्तेसम्बन्धी कसुर लगाएकी छिन् । काठमाडौं महानगरपालिकाले दिने ‘वरिष्ठ जष्ठ नागरिक महानगर प्रोत्साहत भत्ता’ रु. १२ हजार किर्ते हस्ताक्षर गरेर वडाध्यक्ष विष्टसहितको समूहले हिनामिना गरेपछि लिम्बूले कारबाहीको माग गरेर अख्तियारमा लिखित उजुरी दिएकी हुन् ।

    लिम्बूले दर्ता गराएको निवेदनको दर्ता नम्बर ‘सी ०३४५६३’ रहेको छ । यसअघि लिम्बूले सोमबार नाती सुमन लिम्बु र सुरज गुरुङलाई आफ्नो वृद्ध भात्ता लिन वडा कार्यालयमा पठाएकी थिइन् ।

    तर, वडाध्यक्ष विष्टले भत्ताका बारेमा जानकारी दिन आनाकानी गर्दै दुर्व्यवहार गरेका थिए । वडाध्यक्ष विष्टले सुमन र सुरजलाई दुर्व्यवहार गरेपछि भनाभन भएको थियो । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल निकट मानिने वडाध्यक्ष विष्टले राजनीतिक पावर देखाएर सोमबारनै पीडितलाई नै प्रहरी बोलाएर पक्राउ गरी थुन्न लगाएका छन् ।

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्कालाई वडाध्यक्ष विष्टले रक्षामन्त्री पोखरेलको पावरमा दवाव दिइ वृद्ध भत्ता माग्ने सुमन र सुरजलाई थुनाएको आरोप पीडित पक्षको छ ।

    डीएसपी खड्काले किर्ते गर्ने वडाध्यक्ष विष्टसहितको समूहलाई उन्मुक्ति दिएर उल्टै पीडित पक्षलाई सोमबारदेखि थुनामा राखेर झन् पीडा दिइरहेका छन् ।

    नेकपाका सचिवालय सदस्य समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री पोखरेलले वृद्ध भत्ता किर्ते गरी झ्वाम पारेको अभियोग लागेका वडाध्यक्ष विष्टसहितको समूहलाई बचाउन पावरको दुरुपयोग गरेर प्रहरीलाई दवाव दिएको आरोप छ ।

    104832953_564861931133417_1713886365151599317_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend