आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट हेडसरले असली हर्कत देखाउदा कांग्रेसद्वारा दाङमा हँगामा

कम्युनिस्ट हेडसरले असली हर्कत देखाउदा कांग्रेसद्वारा दाङमा हँगामा

  • मिडिया डबली
  • मंगलवार, आषाढ ९ २०७७

  • 8.5K
    SHARES

  • कम्युनिस्ट हेडसरले असली हर्कत देखाउदा कांग्रेसद्वारा दाङमा हँगामा
    तुलसीपुर - नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले सरकारी विद्यालयको गतिविधि राजनीतिक दलको पार्टी कार्यालयबाट सञ्चालन भएको भन्दै कडा शब्दमा आपत्ति जनाएको छ ।
     
    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको माध्यमिक विद्यालय सेन्टर तुलसीपुरले विद्यार्थी भर्ना र पाठ्यपुस्तक नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को पार्टी कार्यालयबाट गरिरहेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
     
    शैक्षिक गतिविधि पार्टी कार्यालयबाट नभएर शैक्षिक थलोबाट गर्न कांग्रेसले सरोकारवाला निकायलाई आग्रह गरेको छ । कांग्रेसले शैक्षिक गतिविधिहरू नेकपाको पार्टी कार्यालयबाट नभइ अन्य स्थानबाट गर्नुपर्ने माग गरेको छ ।
     
    कांग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खडका, निर्वाचन क्षेत्र ‘क’का सभापति घनश्याम ढकाल, ‘ख’का सभापति खिमबहादुर वलीले संयुक्त विज्ञप्ति जारी गरेर नेकपाको पार्टी कार्यालयबाट शैक्षिक गतिविधिहरू नगर्न चेतावनी दिएको हो ।
     
    ‘शिक्षा जस्तो गम्भीर विषयमा राजनीतिकरण गरिनु हुँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘तुलसीपुरमा रहेको सरकारी विद्यालयको काम सत्तारुढ नेकपाको पार्टी कार्यालयमा सञ्चालन भएको खबरले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
     
    ‘माध्यामिक विद्यालय सेन्टर तुलसीपुरले नयाँ शैक्षिक सत्रको भर्ना र पाठ्यपुस्तर वितरण जस्ता कार्यक्रमहरू नेकपाको तुलसीपुरमा रहेको कार्यालयबाट हुनुले शिक्षालाई पार्टीकरण गर्ने प्रयास भएको हाम्रो बुझाइ छ’, कांग्रेसले भनेको छ ।
     
    बालबालिकाको भविष्य जोडिएको शिक्षामा राजनीतिक सन्देश दिने गरि राजनीतिक दलको कार्यालयमा विद्यालय चनाउने कार्य उचित नभएको कांग्रेसले जनाएको छ ।
     
    सत्ताको आडमा हुने यस्ता कार्यहरू तत्काल रोक्न र शिक्षालाई शैक्षिक थलोबाट नै सञ्चालन गर्न कांग्रेसले आग्रह गरेको छ । नेकपाका हर्कत तत्काल नसच्चिए कांग्रेसले कडा कदम उठाउने जनाएको छ ।
     
    ‘कलिला बालबालिकाहरूलाई जबरजस्त राजनीति सन्देश प्रवाह नगर्न पनि अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘दलको कार्यालयबाट विद्यालयको गतिविधि सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई तत्काल कारवाही गर्न तुलसीपुर उपमहानगरपालिकासंग जोडदार माग गर्दछौँ ।’
     
    कांग्रेसले शिक्षा जस्तो महत्वपूर्ण विषयमा कार्यरत शिक्षक र कर्मचारीहरूलाई यस्ता गतल कार्य नगर्न आग्रह गर्दै तत्काल सो कार्य रोक्न आग्रह गरेको छ ।
     
    स्कुललाई क्वारेन्टाइन बनाइएको छ । स्कुललाई क्वारेन्टाइन बनाएपछि नेकपा निकटका प्रधानाध्यापक भागवत पौडेलले स्कुलको गतिविधि आफ्नै दलको पार्टी कार्यालयबाट गर्दै आएका छन् ।
     
    स्कुल जस्तो सम्वेदनशील कुरालाई प्रधानाध्यापक पौडेलले नेकपाको पार्टी कार्यालयमा पुर्‍याएपछि विरोध भएको छ । स्कुलको नजिकै रेडक्रसको भवन छ । स्कुलकै जग्गामा सब्जीमण्डीका सटरहरू छन् ।
     
    तर, प्रधानाध्यापक पौडेलले स्कुलको गतिविधिका लागि पार्टी कार्यालय नै रोजेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend