आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सांसद दिपक मनाङेले दिए राजिनामा, भने–लाज लाग्यो!

कम्युनिस्ट सांसद दिपक मनाङेले दिए राजिनामा, भने–लाज लाग्यो!

  • मिडिया डबली
  • सोमवार, आषाढ ८ २०७७

  • 43.5K
    SHARES

  • कम्युनिस्ट सांसद दिपक मनाङेले दिए राजिनामा, भने–लाज लाग्यो!

     काठमाडौं– नेकपाका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

    समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै उनले राजीनामा दिएको हुन्। उनले सांसद र समितिको कुनै काम नभएको बताए। उनले जताजतै भ्रष्टाचार भएकाले टुलुटुलु हेरेर बस्न नसकेको बताएका छन्।

    समितिको सदस्य भएर विभिन्न ठाउँमा अनुगमनका लागि जाँदा अनियमितता देखे पनि केही गर्न नसकिएको उनले बताए । क्रसर र ठेक्कापट्टामा सबैको मिलेमतो देखेपछि कुनै अधिकार नभएको समितिमा बस्न मन नलागेको उनले बताए ।

    जुन ठाउँमा बसेर काम गर्न सकिँदैन त्यहाँ बस्नुको कुनै औचित्य नरहेको गुरुङको भनाइ छ । तर अर्थ तथा विकास समिति अरुभन्दा क्रियाशील छ ।

    समितिका सभापति दीपक कोइरालाले खेल हेर्ने समितिमा जान मन लागेका कारण सांसद गुरुङले राजीनामा दिएको बुझेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend